काठमाण्डाै । नेपाली कांग्रेसका युवा नेता तथा कांग्रेस बागमती प्रदेश प्रतिनिधि मनोज कुमार तामाङले आफ्नो ३३ औँ जन्मदिन बालबालिकाहरू संग मनाएका छन ।

सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका वडा नम्बर ५ निवासी मनाेजले आफ्नो जन्मदिन, नयाँ जीवन नेपाल, गोकर्णेश्वर -५ मा आश्रय लिएर बसेका बालबालिकाहरु संग मनाएका हुन । जन्मदिनमा फजुल खर्च गरेर पार्टी मनाउनुको सट्टा बालबालिकाहरु संग दिन बिताएर जन्मदिन मनाएकाे तामाङले बताए ।

उनले सो केन्द्रमा आश्रय लिएर बसेका बाबालिकाहरुलाई राशन, चामल ,दाल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायत १५ हजार २१० रुपैयाँ बराबरको सहयोग गरेर जन्मोत्सव मनाएका हुन । जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्चलाई कटाएर बालबालिकालाई सहयोग गर्न पाउँदा आफुलाई खुशि लागेको तामाङले बताए ।

आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन । यसअघी तामाङले कोरोनाको समयमा नागरीकको जिवन बचाउन आवश्यक सामान वितरणमा सक्रिय भई काम गरेका थिए । साथै हेलम्बु मेलम्चीमा आएको बाढीमा पनि तामाङले राहत र उद्धार कार्यमा अग्रपंतीमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!