काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ले यस बर्षको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको रेडियो मेलम्चीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

जनही पचास पचास हजार राशी सहित पत्रकार कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने निर्णय इन्जा निर्णायक मण्डलले सोमबार गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जानकारी दिए । एक दशक अगाडिदेखि सप्तरीको स्थानीय रेडियो हुदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको विकास, संरक्षण एवं मधेशका समाचार प्रवाहमा उल्लेख्य योगदान पु¥याउदै आएकी युवा पत्रकार दीपा कर्णले ग्रामीण जीवन र तराईमा लैङगिक समानताका लागि पत्रकारिता मार्फत आफ्नो क्रियाशीलता बढाउदै गएकी छिन ।

त्यसैगरी ग्रामीण आवाजलाई उजागर गर्ने उद्धेश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीबाट प्रसारणमा आएको रेडियो मेलम्ची १०७.२ मेघाहर्जले आफनो प्रसारण मार्फत त्यहाँका स्थानीय नागरिकहरुलाई सुसूचित गर्ने र उनीहरुका आवाजलाई जस्ताको तस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ । ०७२ सालको बिनाशकारी भूकम्प र गत बर्ष इन्द्रावती र मेलम्ची खोलामा आएको बिनाशकारी बाढीले रेडियोका प्रसारण यन्त्र र महत्वपुर्ण कागजातहरुमा क्षति पु¥याएपनि त्यस रेडियो तत्काल अस्थायी संरचनाको स्टुडियोमार्फत प्रसारण गरेर भएपनि नागरिकको आवाज र सूचनाको हकलाई उजागर गर्ने दायित्वबाट पछि नपरेन रेडियाेका स्टेसन मेनेजर देवराज सुवेदिले बताए ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाको पाँचौ वार्षिकोत्सव एवं इन्जा डे को अवसरमा यहि साउन १४ गते संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा शनिबार आयोजना गरिने बिशेष कार्यक्रममा पुरस्कार वितरणसँगै वरिष्ठ पत्रकार हरि लम्साल , अग्रज पत्रकार गोपाल शर्मा र संचारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई सम्मान गरिने भएको अध्यक्ष पन्तले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!