इन्द्रावती ।
इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिका सँधै किसानको साथमा रहेको बताएका छन । कृषि बिकास तथा कृषि उत्पादना किसानललाई गाउँपालिकाले सँधै हैँसेमा होस्टे गर्ने बताए ।

नयाँपानी भुमीअधिकार कृषि उत्पादक समुहले सञ्चालनमा ल्याएको दुग्ध संकलन तथा प्रसोधन केन्द्रको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूले चुनाव अघि गरेका बिभिन्न प्रबिद्धताहरु मध्ये कृषि क्षेत्रमा भएको यो पनि एउटा प्रगती भएको जानकारी दिए । यस्तो केन्द्र वडा नम्बर ७, ८ तथा ९, १० र गाउँपालिकामा पनि स्थापना गर्ने योजना रहेको पनि उनले बताएका छन ।

कार्यक्रमका प्रमुख अतिथी नेपालले गाउँपालिकाले पशु बिमा, गोठ सुधार लगायतका कार्यक्रमलाई पनि अघि बढाउने बताए । यस्तै गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुको प्रोत्साहानका लागि बिगतको वर्षमा दिँदै आएको अनुदानमा शत प्रतिशत बृद्धि गरी ४ रुपैया प्रति लिटर पुर्याइएको पनि नेपालले जानकारी दिए । गाउँपालिका भित्रको कृषि बिकास र आधुनिकीकरणको लागी बिभिन्न सरकारी तथा गैह्रसरकारी संघ सँस्थाको खोजी भइरहेको पनि उनकाे भनाई थियाे ।

नयाँपानी भुमीअधिकार कृषि उत्पादक समुहका अध्यक्ष कुमार आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष नेपालको साथै उपाध्यक्ष सोभाना तामाङ, वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, खाद्य तथा पोषण सुधार आयोजनाका प्रमुख राजेश कुमार केसी, सामुदायिक बिकास तथा वातबरण संरक्षण मञ्च cdecf का कार्यकारी गोबिन्द सापकोटा, स्थानीय बुद्धीजिबी, बिभिन्न सहकारी तथा समुहका प्रतिनिधी, पत्रकार स्थानीय लगायतको सहभागिता रहेको थियो ।

करिब १८ लाख लागतमा बनेको दुग्ध संकलन तथा प्रसोधन केन्द्र खाद्य तथा पोषण सुधार आयोजनाको ८५ र सँस्थाको १५ प्रतिशत लागत रहेको समुहका अध्यक्ष कुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!