नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले वडालाई पशुपालनको पकेट क्षेत्रको रुपमा बिस्तार गर्न चाहेको बताएका छन । नयाँपानी भुमीअधिकार कृषि उत्पादक समुह इन्द्रावती ५ ले सञ्चालनमा ल्याएको दुग्ध संकलन तथा प्रसोधन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले यस्तो बताएका हुन ।

वडामा बिगत देखी नै बालीनाली बन्यजन्तुले सखाप पार्ने गरेकोले किसानहरुले खेती योग्य जमिन बाँझो राख्न बाध्य भएको अवस्थामा ती बाँझो जग्गाहरुमा घाँस खेती गरी किसानहरुलाई पशुपालन तर्फ आकर्षित गर्न सके वडामा कृषि बिकास किसान समृद्ध हुने उनकाे भनाई थियाे ।

नयाँपानी भुमीअधिकार कृषि उत्पादक समुहका अध्यक्ष कुमार आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष नेपालको साथै उपाध्यक्ष सोभाना तामाङ, वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, खाद्य तथा पोषण सुधार आयोजनाका प्रमुख राजेश कुमार केसी, सामुदायिक बिकास तथा वातबरण संरक्षण मञ्च cdecf का कार्यकारी गोबिन्द सापकोटा, स्थानीय बुद्धीजिबी, बिभिन्न सहकारी तथा समुहका प्रतिनिधी, पत्रकार स्थानीय लगायतको सहभागिता रहेको थियो ।

करिब १८ लाख लागतमा बनेको दुग्ध संकलन तथा प्रसोधन केन्द्र खाद्य तथा पोषण सुधार आयोजनाको ८५ र सँस्थाको १५ प्रतिशत लागत रहेको समुहका अध्यक्ष कुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!