नवलपुर ।
नयाँपानी भुमीअधिकार कृषि उत्पादक समुह इन्द्रावती ५ ले सञ्चालनमा ल्याएको दुग्ध संकलन तथा प्रसोधन केन्द्रको उद्घाटन भएको छ । इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले आज एक कार्यक्रमकाबीच केन्द्रको उद्घाटन गरेका हुन ।

सुरुमा डेरी रहेको र अहिले दुध संकलन तथा प्रसोधन केन्द्रमा बिस्तार भएको उक्त केन्द्रमा अहिले ५० जना कृषकले नियमित र अन्य ३० जनाले सिजनल रुपमा दुध बिक्रि गर्ने गरेका छन । नयाँपानी इन्द्रावती एकिकृत कृषि सहकारी सँगको समन्वयमा सञ्चालनमा आएको उक्त भ्याटमा अहिले दैनिक साँढे तीन सय देखी देखि चार सय लिटर दुध जम्मा हुने गरेको सञ्चालक तथा समुहका सचिव प्रभाकर कट्टेलले जानकारी दिए ।

अहिले एक ब्यक्तिले १८ लिटर सम्म दुध बिक्रि गर्दै आएको सो केन्द्रमा आगामी वर्ष दैनिक ५०० लिटर सम्म दुध संकलन गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए । केन्द्रमा संकलन भएको दुधबाट प्रसोधन पछि घिउ र पनिर उत्पादन गरी सिधै काठमाडौमा बिक्रि गर्ने लक्ष्य रहेको पनि कट्टेलले जानकारी दिए ।

बार्षिक ३००० लिटर दूध बेच्ने किसानलाई ५००० रूपैयाँ पुरस्कार दिने सहकारीको साधरण सभामा समेत निर्णय भइसकेको र त्यसबाट प्रोत्साहित भई अहिले त्यस्ता कृषक १० देखी १२ जना रहेको समुहका अध्यक्ष कुमार आचार्यले बताए ।

करिब १८ लाख लागतमा बनेको दुग्ध संकलन तथा प्रसोधन केन्द्र खाद्य तथा पोषण सुधार आयोजनाको ८५ र सँस्थाको १५ प्रतिशत लागत रहेको समुहका अध्यक्ष कुमार आचार्यले जानकारी दिए । उक्त चिलिङ भ्याटमा हजार लिटर सम्म दुध संकलन गर्न सक्ने क्षमताको रहेको छ ।

सँस्थाका अध्यक्ष कुमार आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष नेपालका साथै उपाध्यक्ष सोभाना तामाङ, वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, खाद्य तथा पोषण सुधार आयोजनाका प्रमुख राजेश कुमार केसी, सामुदायिक बिकास तथा वातबरण संरक्षण मञ्च cdecf का कार्यकारी गोबिन्द सापकोटा, स्थानीय बुद्धीजिबी, बिभिन्न सहकारी तथा समुहका प्रतिनिधी, पत्रकार स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!