काठमाण्डाै । तामाङ प्रशारण दिवसको अवसरमा बागमती तामाङ पत्रकार संघले आयोजना गरेको बागमती प्रदेशमा तामाङ रेडियोहरुको अवस्था अवसर र चुनौती विषयक कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नेत्र तामाङ सम्मानित भएका छन।

राजधानी स्थिती आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तामाङ लाई बधाई तथा सम्मान पत्र प्रदान गरेका थिए ।

​​​हेटौंडामा साउन ६ र ७ गते सम्पन्न भएको महाधिवेशनमा तामाङले ७१३ लोकप्रिय मत पाउँदै खुला सदस्यमा निर्वाचित भएका थिए । खुल्ला सदस्यमा १५ जनाको कोटामा उनी एक्लै तामाङ समुदाय लाई प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका थिए त्यसैले तामाङ लाई बधाईका साथै सम्मान गरिएको बागमती तामाङ पत्रकार संघका अध्यक्ष अर्जुन पाख्रीनले बताए ।

उनी सिन्धुपाल्चोक जिल्ला बाट प्रतिनिधि थिए । तामाङ नेपाल तामाङ पत्रकार महासङघका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!