काठमाण्डाै । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले संघियतामा लाेकतन्त्रकाे जग स्थानिय तह भएकाे बताएका छन । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि गरेकाे अभिमुखीकरण कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै उनले साे कुरा बताएका हुन ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएकाे कार्यक्रममा स्थानिय तहले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गरेकाे तामाङले बताए । शिक्षा क्षेत्रमा सिकाइ उपलब्धि अघिल्लाे बर्षहरूमा भन्दा पनि बढि हाँसिल गरेकाे उनले जानकारी दिए ।

कृषि क्षेत्रमा धेरै गाउँपालिकाहरूले युवा लक्षित राेजगारीकाे अभियानहरू चलाएकाे, जनताकाे जिविकाेपार्जन जस्ता बिषयहरूलाई प्राथमिकता दिएर पहिलाे कार्यकाल सफलतापुर्वक सम्पन्न गरेकाे तामाङकाे भनाई थियाे ।

वंशलाल तामाङ इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन । उनी मंसिरमा हुन गइरहेकाे प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चाेक क्षेत्र नं २ बाट बलिया उम्मेद्वार हुन सक्ने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!