नवलपुर । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले नवलपुर बजारमा नवनिर्मित भुकम्प स्मारक भृकुटी पार्कको उद्घाटन गरेका छन । आज पार्कको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नेपालले भृकुटी पार्कले नवलपुरको सौन्दर्य बढाएको बताए ।

नवलपुर गाउँपालिकाको राजधानी भएकोले यहाँका बासिन्दा र गाउँपालिकाले यस्ता इतिहासलाई संरक्षण गर्न सबै लागिपर्नुपर्ने उनकाे भनाई थियाे । भुकम्प स्मारक भृकुटी पार्क बागमती प्रदेश को आर्थिक सहयोगमा निर्माण भएको हो।

इन्द्रावती गाउँपालिका वडा ४ नवलपुरमा अवस्थित नकर्मी टोलमा रहेको इतिहास बोकेको ढुङ्गा थियो । त्यहाँ फलामको खानी पनि भएकाे र त्यहाँ औजारहरु बनाउने गरिएकाले उक्त ढुङ्गालाई च्यासल ढुङ्गा पनि भनिने गरेकाे छ ।

प्राचिनकालमा फलामको उक्त ढुङ्गामा फलामका औजारहरु बनाउने र त्यो औजारहरु तिब्बतमा पुग्ने गरेको इतिहाँसमा उल्लेख छ। इतिहास लाई स्थापित गर्न भुकम्प स्मारक पार्क निर्माण गरिएको इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!