मेलम्ची । इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले आन्तरिक कलहबाट बाहिर निस्केर अब विपक्षीसंगकाे लडाइँमा सबै एक हुनुपर्ने बताएका छन ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै तामाङले पार्टीमा मात्र लाेकप्रिय नभई जनताको माझमा पनि लाेकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे । सबैले आ-आफ्नो तर्फबाट जिम्मेवारी पुरा गरेर जानुपर्ने उनले बताए ।

पार्टीको सिद्धान्त र विचारलाई हरेक मतदाता समक्ष लैजान हरेक तह र तप्काका कार्यकताकाे भुमिका समान रहने उनकाे धारणा थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!