सिन्धुपाल्चाेक । नेपाली कांग्रेसको नेतृत्व तहमा हेर्ने हो भने अहीलेसम्म विद्यार्थी आन्दोलनबाट आउनेहरुले नै नेतृत्व गरीरहेका छन् । विभिन्न आन्दोलनको चरणहरुमा अग्रभागमा रहेर आन्दोलन गर्नेहरुले पार्टीभित्र आफ्नो पकड बलीयो बनाएका छन् ।

कांग्रेस निकट पारिवारिक पृष्ठभूमीबाट प्रभावित भएर २०४६ सालमा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा पञ्चायत विरुद्धको आन्दोलनकाे नेतृत्वदायी भूमिकाको अग्रपङ्तीमा खटिएका थिए साँखुका युवा राजेन्द्रबहादुर गोर्खाली ।

आन्दोलन होस या पार्टीको विभिन्न गतिविधि गोर्खालीले ज्यान हत्केलामा राखेर सहभागी भइरहे । सन्त नेता कृष्णप्रसाद भट्टराईको चुनावी मोर्चामा होस या नेपाली कांग्रेसले सञ्चालन गरेका आन्दोलनको मोर्चा गोर्खाली सँधै अग्रपङ्तीमै रहेर काम गरे ।

पछिल्लो समय सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसको राजनीतिमा उदाएका गोर्खालीको राजनीतिक इतिहाँस बिपी कोइरालासँग जोडिएको छ । साँखुमा पञ्चायती राजनीतिका हस्ती जोगमेहेर श्रेष्ठसँग टक्कर गर्दै कांग्रेस राजनीतिमा होमिएका उनका बाबु सुर्यबहादुर गोर्खाली पटक पटक जेल परे । उनि विपी कोइरालासँग प्रभावित भएर कांग्रेस राजनीतिमा लागेका थिए ।

बिपीको देहवसानसँगै कांग्रेस राजनीतिमा लागेका गोर्खालीले नवौं महाधिवेशनमा पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । पार्टीको क्रियाशील पाएको दुई दशक बढि समय गोर्खाली पर्दा पछाडी बसेर पार्टी र संगठनलाई सहयोग गरीरहे । राजनीतिमा आवश्यक पर्ने आर्थिक, नैतिक सबै प्रकारका सहयोग नेविसंघ नेतृत्वलाई उपलब्ध गराएको उनले बताए । चाबहिलको पशुपती क्याम्पसमा नेविसंघको स्थापनामा गोर्खालीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

समाजसेवा मार्फत राजनीतिलाई अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गोर्खाली चाबहिलको हेल्पिङ ह्याण्डस अस्पतालका सञ्चालक समेत हुन् । पछिल्लो समय सिन्धुपाल्चोकबाट उपचारका लागि गएका बिरामी उनको प्राथमिकतामा पर्छन् । उनले जिल्लाका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको बताए ।

प्राकृतिक बिपत्ति या कोभिड महामारी उनले सिन्धुपाल्चोक र अझ विशेषगरी निर्वाचन क्षेत्र नं. २ मा सामाजिक सेवामा सक्रियता देखाए । “जतिबेला जनता समस्यामा पर्छन् त्यतिबेला हामीले साथ दिनुपर्छ”, उनले भने, “त्यसैले बिपत्ति र महामारीका बेलाहरुमा मल्हम पट्टी गर्न म जिल्लाका गाउँ गाउँमा पुगेको छु” ।

समाज सेवा र राजनीतिलाई एक साथ अघि बढाउन उनले सुविधा सम्पन्न राजधानी भन्दा सिन्धुपाल्चोकको बिकट बस्ती रोजेका छन । अहिले उनि इन्द्रावती गाउँपालिका–९, भोटसिपाका बासिन्दा हुन । अवसर र सम्भावना राजधानीमा भएपनि समाज सेवा बिकट बस्तीमा आबश्यक भएकाले राजनीतिक कर्मभूमी सिन्धुपाल्चोकलाई रोजेको उनले बताए ।

भोटसिपाबाट कांग्रेस राजनीतिमा हाेमिएका गोर्खाली पार्टीको १४ औं महाधिवेनमा त्यहींबाट क्षेत्रीय प्रतिनिधि चयन भए । क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा उत्कृष्ट पाँच भित्र परेर महाधिवेशन प्रतिनिधि जितेका गोर्खालीले जिल्ला अधिवेशनमा भएको महासमिति सदस्य निर्वाचनमा लोकप्रिय मत ल्याएर पहिलो स्थानमा निर्वाचित भए । यो चुनावी परिणामले छोटो समयमा गोर्खालीले कांग्रेस राजनीतिमा हासिल गरेको उपलव्धिलाई प्रमाणित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!