मेलम्ची । इलाका प्रहरी कार्यालय मेलम्चीले हराएकाे माेटरसाइकल फेला पारी सम्बन्धित सवारी धनिलाई बुझाएकाे छ ।

२०७९ असार २ गते काठमाण्डौ महानगरपालिका ३ गोकर्णेश्वरबाट हराएको माेटरसाइकल सिन्धुपाल्चाेककाे मेलम्ची बजारबाट फेलापारी सम्बन्धित सवारी धनिलाई बुझाएकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए ।

च्यासिस नं. MD2A11CY6KPG34980 र इन्जिन नं. DHYRKG90924 उल्लेख भएको बागमती प्रदेश -०२-०१५ प १६८० नं. को १५० सि.सि. काे कालो रातो रङको पल्सर मोटरसाईकल फेला पारी बुझाईएकाे भण्डारीले जानकारी दिए ।

आवश्यक कानुनी प्रक्रिया पुर्याई सम्बन्धित सवारी धनी काठमाण्डौ महानगरपालिका ०३ गोकर्णेश्वर बस्ने दिर्जा बहादुर घलानलाई बुझाईएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!