तालामाराङ । तीज विशेष तथा दर कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा मनाईएकाे छ ।

सुर्यमुखि सक्रिय महिला विकास समुहको आयोजना र मेलम्ची नगरपालिका तथा वडा नम्बर ६ को सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पूर्व उपप्रमुख भगवती नेपाल, एमाले नेता बालकृष्ण देउजा लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता पर्बले महिलाहरुको ब्यक्तित्व विकासमा समेत फाइदा हुने बताए । हरेक पर्बले नेपालीहरुमा खुशि ल्याउने उनले बताए ।

त्यस्तै उपप्रमुख उमा प्रधानले महिलाहरु पनि अहिले यस्ताखाले कार्यक्रममा खुलेर हिड्न थालेकोमा खुशि ब्यक्त गरिन । कार्यक्रममा राजेन्द्र भण्डारी, प्रतिमा अर्याल, बल बहादुर वाइबा, अन्जु पुरी, स्थानिय कलाकार ओम बहादुर गिरी लगायतले साङ्गितिक प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!