मेलम्ची । मेलम्ची नगरपालिका वडा नं ४ पिप्लेमा प्रहरीचौकि भवन निर्माण हुने भएकाे छ । यसकाे लागि बागमती प्रदेस सरकारले ५० लाख विनियोजन समेत गरेकाे ।

आज मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ सहितकाे टाेलिले प्रहरी चौकी पिप्लेको लागी जग्गाको खोजी गर्ने क्रममा सम्भाव्यता अध्ययन तथा निरीक्षण गरेकाे छ । जग्गा ब्यबस्थापन पछि छिट्टै प्रक्रिया पुरा गरेर निमार्ण कार्य थालिने नगर प्रमुख तामाङले जानकारी दिए ।

यसका लागि नगरले पनि सहयोग गर्ने उनले बताए । यस प्रहरी चौकीबाट सिन्धु उपत्यकाका ५ वडामा लाभ पुग्ने छ ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षि राज्यमन्त्री ईन्द्रमाया गुरुङ, नगर प्रमुख आईतमान तामाङ, पुर्व उपप्रमुख भगवती नेपाल, ईन्जिनियर जित बहादुर कार्की, वातावरण अधिकृत सुजन दुलाल, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारी,अन्य जनप्रतिनिधि,स्थानिय ,राजनैतिक दल र कर्मचारीको टोलिले स्थल छनौट गर्न निरिक्षण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!