मेलम्ची । निरन्तरको बर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा क्षति पुर्याएपछि स्थानिय त्रसित बनेका छन । बाढीले गर्दा यातायातका साधनहरु अलपत्र परेका छन् । तिजका कारण भरिभराउ रहेका यातायातका साधन बिच बाटोमै रोकिँदा यात्रुहरुलाई गन्तब्य सम्म पुग्न कठिन भएकाे छ ।

बाढीले हेलम्बु गाउँपालिकाकाे किउल, चनौटे, ग्याल्थुम, ढुग्रेबजार र मेलम्ची नगरपालिकाकाे तालामाराङ, सिमखेत लगायतका नागरिकहरु उच्च जोखिम तथा त्रासमा छन् । हेलम्बुमा खेतका फाँटहरुबाट नदि बगेको स्थानियहरूले जानकारी दिएका छन ।

गए राती देखिकाे भारी बर्षाका कारण खोलाको बहाब उच्च भइ नदिले धार परिवर्तन गर्दा नागरिककाे दैनिकिमै असर परेकाे छ । “भारि बर्षाले नदि कटान बढाएकाे छ, तार जालिहरूमा असर गरेर सडक अवरूद्व भएकाे छ”, हेलम्बुका स्वामसुन्दर लामिछानेले भने । सडक नहुँदा यात्रुहरूलाई गन्तब्यमा पुग्नै कठिन भएकाे उनले बताए ।

नदिले धार नै परिवर्तन गर्दा नदि नियन्त्रणकाे प्रयास असफल भएकाे छ । मेलम्ची संरक्षणकाे लागि लगाईएकाे तार जालि नै नाघेर खाेला सडक तर्फ आएकाे मेलम्चीका सागर कुमार श्रेष्ठले बताउनुभयाे ।

मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ, र गुन्सा लगायतका बाटो अहिले अवरुद्ध छन् । पाँचपाेखरी थाङपाल गाउँपालिकाका यातायात सन्चालन हुने प्राय सडकहरु अवरूद्व भएकाे गाउँपालिकाले जनाएकाे छ ।

खोलाले समय समयमा धार परिवर्तन गर्ने गरेका कारण सुरक्षित भनेका ठाउँहरु पनि जोखिम हुँदै गएको स्थानियबासी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!