नवलपुर । शैक्षिक संमृद्विमा आम क्षेत्रकाे संमृद्वि प्राप्त हुने इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले बताएका छन ।

बालबिकास सहजकर्ताकाे लागि ७ दिने क्षमता बिकास तालिम समापन तथा तिज विशेष २०७९ कार्यक्रमलाई सम्बाेधन गर्दै आज उनले शिक्षा नभई अरू केही कुराहरू हाँसिल गर्न नसकिने तर्क राखे ।

इन्द्रावती गाउँपालिकाले सबैभन्दा बढी रकम शैक्षिक समृद्विकाे लागि छुटाएकाे नेपालले जानकारी दिए । चालू आर्थिक बर्षकाे लागि शिक्षामा मात्रै गाउँपालिकाले सवा २ कराेड छुटाएकाे छ ।

“शैक्षिक क्षेत्रलाई सबल बनाउन दक्ष जनशक्ति चाहिन्छ । त्यसैकाे लागि तालिमकाे आयाेजना गरेका हाैँ । शिक्षाकाे सुरूवाती बालबिकास केन्द्र हाे । बालबिकास सहजकर्ताकाे क्षमता बिकास नभई शिक्षाकाे सुधार नहुने भएकाले तालिमकाे आयाेजना गरिएकाे हाे”, उनले थपे ।

साथै गाउँपालिकाले बालबिकास सहजकर्ताकाे तलब ११ हजार ५०० बाट १५ हजार पुराएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!