
चाैतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट एक बर्षमा ६ हजार ९ सय ३३ जनाले राहदानी लिएका छन् ।
१२ स्थानीय तह रहेको यस जिल्लाबाट एक वर्षको अवधिमा ७ हजार ९ सय १९ फाराम संकलन भएको थियो । ६ हजार नौ सय ३३ थान राहदानी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट वितरण गरिएको हो ।
कर्यालयले जनाए अनुसार वैदेशिक रोजगारीका लागि तिन हजार ५सय ५५महिला तथा चार हजार ७ सय ९९ पुरुषले राहदानी लिएका हुन । केहिले भने राहदानी लिन नआउने गरेको कार्यालयले जनाएको छ ।
राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु चार करोड ३३ लाख ८६ हजार २सय राजस्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ ।