मेलम्ची । सामाजिक सुरक्षा भत्ता प्रभावकारी बनाउन बैङ्कहरूसंग छलफल भएकाे छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आइतवार बैंकरहरुसंग सामाजिक सुरक्षा भत्ताको सन्दर्भमा कसरी प्रभावकारी र सहजिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका हुन ।

कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, वडाध्यक्षहरु लगायतको उपस्थित रहेको थियाे । सो छलफलमा बैंकर संग सामाजिक सुरक्षा भत्ता सुविधा लिनेमा बृत र अपाङगता भएको हुने हुँदा लाभग्राही सम्म भत्ता पुग्न नसकेको गुनासो आएको थियाे । “सामाजिक सुरक्षा भत्ता कसरी प्रभावकारी र सहज रुपमा वितरण गर्न सकिन्छ, गम्भिर भएर सहयोग गर्नुस”, प्रमुख तामाङले बैङ्करहरूसंग आग्रह गरे ।

उक्त छलफलमा नेपाल बैंक, कृषि बिकास बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र सिन्धु विकास बैंकका शाखा प्रमुखहरुको उपस्थित रहेको थियाे । छलफलमा लक्ष्मी बैंकका शाखा प्रमुखले छिट्टै स्मार्ट कार्ड सिस्टममा जान लागेको बताए । हाललाई वडा नं १० मा परिक्षणको रुपमा शुरु गर्न लागेको समेत उनले बताए ।

साथै अन्य बैंकका शाखा प्रमुखहरुले पनि स्मार्ट कार्ड सिस्टममा जाँदा सुरक्षित र प्रभावकारी हुने भएको हुँदा त्यसको थालनीको लागी केन्द्र संग छलफल चलिरहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!