हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बुमा बुहारीको कुटाईबाट ससुराको ज्यान गएको छ । घरायसि विवादमा काठको चिर्पटले हिर्काउँदा ८० बर्षिय कामीढीण्डु लामाको ज्यान गएको ईलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक कृष्ण तिमिल्सीनाले जानकारी दिए ।

हेलम्बु गाँउपालीकाको वडा नम्बर १ को गोवागाङ बस्ने ८० बर्षिय कामीढिण्डु लामालाई निजकै बुहारी बर्ष २३ की रीता तामाङले हानेकी हुन ।

घरायसी विषयमा वादविवाद हुंदा काठको चिर्पटले कामीढिण्डु लामालाई टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि गम्भिर घाईते बनाएको र उपचारको क्रममा आज स्थानिय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको प्रहरी निरीक्षक तिमिल्सीनाले जानकारी दिए ।

कुटपिट गर्ने बुहारी रीता तामाङ हाल प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!