काठमाण्डाै । खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भएका भोटेकोशी गाउँपालिका -५ छ्यादिका ५ , भोटेकोशी -३ बोक्च्यान को २ जना र अन्य जिल्लाकाे सहित ९ जना सख्त घाइते लाई गाउँपालिकाले आर्थिक सहयाेग गरेकाे छ ।

काठमाण्डाैकाे बौद्ध स्थित एक चिया पसलमा ग्यास बिस्फाेट भइ उनिहरू घाइते भएका थिए । ९ जना घाइतेलाइ स्वास्थ्य उपचारको लागि भोटेकोसी गाउँपालिकाले सहयोग स्वरुप ९ लाख रुपैयाँ नगद वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।

नेपाली काङ्ग्रेका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा साे सहयाेग हस्तान्तरण गरिएकाे हाे । घाइतेहरूलाई अध्यक्ष शेर्पा र पुर्वमन्त्री बस्नेतले काठमाण्डाैकाे साँखु स्थित सुस्मा मेमोरियल हस्पिटलमा पुगि जनही रु.१ लाखको दरले सहयोग हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!