
काठमाण्डाै । बौद्ध नयाँ बस्ती स्थित एक घरमा ग्यास बिस्फोट भइ घाइते भएका परिवारलाई नेकपा एमालले सहयोग गरेको छ । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला पाटी कमिटीले आज सो परिवारलाई आर्थिक सहयोग गरेको हो ।
ग्यास बिस्फोटबाट ९ जना घाइते भएका छन् । उनिहरुमा ७ भोटेकोसीकै रहेका छन । हाल उनीहरुको साँखु स्थित सुस्मा काेइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
नेकपा एमाले पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री अरुण नेपाल, बाह्रबिसे नगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पालगायतको टिमले पीडितलाई राहत स्वरुप १ लाख ४१ हजार ३५ रुपैयाँ सहयोग गरेको अनेरास्ववियु बार्हबिसे नगरकमिटी उपाध्यक्ष दावादोर्जे तामाङले जानकारी दिए ।
बाह्रबिसे नगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाको पहलमा रकम संकलन गरिएको हो ।