चाैतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकको अनुशासन समितिले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा सहित पार्टी भित्र विभिन्न पदमा रहेका ब्यक्तिलाई स्पष्टीकरण माग गरेको छ । निर्वाचनमा पार्टीलाई सहयाेग नगरेकाे भन्ने उजुरी परेपछि उनिहरू संग स्पष्टिकरण माग गरिएकाे हाे ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित अध्यक्ष निमाग्याल्जेन शेर्पाले गत असार १६ गते मन्त्री निमा सहित केही व्यक्तिले निर्वाचनमा आफुलाई सहयोग नगरेको भन्दै कारबाहीको लागि सिफारिस गरेका थिए ।

काँग्रेस महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिका निवर्तमान अध्यक्ष वंशलाल तामाङ, महाधिवेशन प्रतिनिधि जिमि लामा, हेलम्बु गाउँपालिका निवर्तमान उपाध्यक्ष कोपिला पण्डित, हेलम्बु गाउँपालिका वडा नं ५ र ७ का निवर्तमान वडाध्यक्ष क्रमश हर्कबहादुर तामाङ र खेतनाथ घिमिरेलाई समेत पाँच दिनभित्र जवाफ दिन पत्र काटिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!