मेलम्ची । मेलम्ची नगरपालिकाले बजार अनुगमन लाई तिब्रता दिएकाे छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङकाे संयाेजकत्वमा आज अनुगमन भएकाे हाे ।

मेलम्ची नगरपालिका भित्र अवैध रुपमा निर्माण गरेको संरचना र फुटपाथलाई व्यवस्थापन गर्न अनुगमन गरिएकाे प्रमुख तामाङले जानकारी दिए । अनधिकृत रुपमा बनाएको संरचना र फुट्पाथ हटाउन प्रमुख तामाङले निर्देशन दिएकाे नगरपालिकाले जनाएकाे छ ।

बजारलाई व्यवस्थित र सुरक्षित गर्न बजारकाे निरिक्षण तथा अनुगमन भएकाे हाे । हाल बजार अब्यबस्थित हुँदा पैदलयात्री र सवारीलाई समेत सास्ती हुँदै आएकाे छ ।

मेलम्ची बजार निरीक्षण तथा अनुगमनमा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल, वडा नं ११ का वडाध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं ९ का वडाध्यक्ष किरण दीप खड्का, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख उत्तम सिंह भण्डारी, सशस्त्र प्रहरी प्रमुख अरुण बस्नेत, उधोग वाणिज्य महासंघ मेलम्ची, बजार व्यवस्थापन समिती, राजस्व अधिकृत राजेन्द्र दुलाल, ईन्जिनियर जित बहादुर कार्की, भवन प्राविधिक सुरेश नेपाल लगायत स्थानीय सरोकार समितिको सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!