
मेलम्ची । इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले सिन्धुपाल्चाेक क्षेत्र नं २ वाट संघिय निर्वाचनकाे लागि उम्मेदवारकाे आकांक्षा ब्यक्त गरेका छन ।
संघिय निर्वाचनकाे लागि उम्मेदवारकाे आकांक्षा ब्यक्त गर्दै महासमिति सदस्य तामाङले याेग्य र सबल ब्यक्ति संसदमा जानुपर्ने धारणा राखे । “संसदमा निदाउने र हाजिर गर्ने मात्र हैन याेग्य ब्यक्ति जानुपर्छ”, उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ प्रदेश सभा ‘ख’ काे उम्मेदवार सिफारिस कार्यक्रममा भने “म संघिय निर्वाचनकाे लागि क्षेत्र नं २ बाट आफ्नाे नाम दर्ता गराउन चाहन्छु” ।
आफु संघिय निर्वाचनकाे लागि याेग्य उम्मेदवार रहेकाे तामाङले बताए । सिन्धुपाल्चाेककाे २ वटै निर्वाचन क्षेत्रमा कांग्रेसकाे उम्मेद्वार हुनुपर्ने उनले धारणा राखे । “यसपटक जसरी भएपनि सिन्धुपाल्चाेक क्षेत्र नं २ मा कांग्रेसले चारतारे झण्डा गाड्नुपर्छ”, तामाङले थपे ।