चाैतारा । ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बुसुन्डोल खोलामा आएको पहिरोमा परी पिस्कर माझटोलका बर्ष १७ का अमित थामीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी शिव बुढाथोकिले जानकारी दिए ।

तीज मनाउन मामाघर मुलाबारी आएका थामि आज दिउँसो आमा र बहिनीसहित आफ्नो घर पिस्कर माझटोल फर्कने क्रममा ढुंगाले लागेर मृत्यु भएको हो । सो खोलामा पुल नहुँदा यसअघि केही स्थानीयलाई खोलाले बगाएर ज्यान लिएको स्थानीयको भनाई छ ।

मुलावारीबाट पिस्करमा अध्ययन गर्न आउने विद्यार्थी र स्थानीयलाई खेतीपाती गर्न आवतजावत गर्न सो खोला र खसिरहेको पहिरोले जोखिम बनाइरहेको छ । मृतक अमितको आमा र बहिनी सकुशल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!