
नवलपुर । इन्द्रावती गाउँपालिका ४ नयाँ बस्ती स्थित भिरपाखाेमा रहेकाे गाँजा नष्ट गरिएकाे छ । इलाका प्रहरी कार्यालय नवलपुरकाे टाेलिले साे गाँजा नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज ईन्द्रावती गाउँपालिका वडा नं. ४ नयाँ बस्ती स्थित भिरपाखोको अन्दाजि १ रोपनी जमिनमा फैलि अबैध रुपमा आफै उम्रेका गाँजा बोटबिरुवा नष्ट गरिएकाे हाे ।
ईलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोली खटि साे गाँजा नष्ट गरिएको हाे ।