मेलम्ची । मेलम्चीको बजार व्यावस्थापनमा व्यावसायीहरुले साथ दीन थालेका छन् । हिजोमात्रै बजार अनुगमनको क्रममा नगर प्रमुख आइतमान तामाङले अव्यवस्थीत रुपमा रहेका संरचना हटाउन निर्देशन दिएका थिए ।

नगरपालीकाको आग्रहलाई स्वीकार्दै सबैभन्दा पहीला दीदी बहीनी फलफुल तथा जुस पसलले सटरभन्दा बाहीरको सामान हटाएको छ । नगरपालीकाको अभियानलाई साथ दींदै व्यवस्थीत बजार बनाउन सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने सञ्चालक गुरु प्रसाद दुलालले बताए ।

मेलम्ची नगरपालिकाभित्र अवैध रुपमा निर्माण गरेको संरचना र फुटपाथलाई व्यवस्थापन गर्न नगर प्रमुख तामाङले सबैलाई आग्रह गरेका छन । अनाधिकृत रुपमा बनाएको संरचना र फुट्पाथ हटाएर शुन्दर मेलम्ची बजार बनाउनुपर्नेमा उनले जाेड दिए ।

हाल बजार अब्यबस्थित हुँदा पैदलयात्री र सवारीलाई समेत सास्ती हुँदै आएको छ । यसरी नै सबै व्यावसायीले सटरभन्दा बाहीरको सामान हटाउने हो भने पैदलयात्री तथा सवारी आवागमनमा सहजता हुने मेलम्चीका व्यावसायी आकाश दुलालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!