चाैतारा । पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्र निर्वाचित भएका छन् । अन्य अध्यक्षका प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५८२ जना व्यवसायीहरुले मतदान गरेका थिए ।

त्यसमा सबैभन्दा बढि मत क्षेत्रीले प्राप्त गरेका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले १२६ र महतले ११८ मत प्राप्त गरे ।

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसकेका छन् । अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको छ ।

सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पुर्व अरनिको यातायात प्रालिको रुपमा संचालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!