चाैतारा । आगामी मंसिर ४ गते हुने निर्वाचका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेस सभा क मा अनिल कुमार तामाङ (बुद्ध) सहित ८ जना उम्मेदवार सिफारिस गरिएको छ ।

सिन्धु कांग्रेसमा युवाहरुको माझमा लोकप्रिय नेताको रुपमा परीचीत तामाङले विभिन्न समयमा परेको विपदहरुको समयमा आर्थीक भौतीक तथा मानविय सहयोग गर्दै आएका छन । मेलम्ची, हेलम्बुको बाढीपहिरो, कोरोनाको जस्ता विपदहरुको तामाङले यस भेगमा बलियो उपस्थीती जनाएका छन ।

युवा व्यावसायी तामाङले पार्टीको विभिन्न संगठनमा रहेर कुशलतापुर्वक काम गरीसकेका छन । आम नागरीकहरुले दैनीक रुपमा भोग्ने समस्याको पहीचान गरेर निराकरण गर्नकै लागी आफुले उम्मेद्वारी दावी गरेको तामाङले बताए ।

पार्टीको विभिन्न तह र तप्कामा रहेर तामाङले निर्वाचनको समयमा पार्टीका उम्मेदवारहरुलाई जिताउन महत्वपुर्ण भुमिका खेलेका छन । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तामाङको भुमिका उदाहरण नै बनेको थियो ।
यस्तै उनिसँगै बिष्णु बिक्रम थापा, टंक कार्की, बिकास तामाङ, राजेन्द्र मान ताल्चाभडेल, देब प्रसाद बानियाँ, भुपेन्द्र थापा, उद्धब बानियाँ लगाएतलाई पार्टीले सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!