चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ मोहन बहादुर बस्नेतको एकल नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय समिति बैठकले बस्नेतको नाम एकल सिफारिस गरेको हो ।

क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा पठाएको सूचीमा प्रतिनिधिसभा समानुपातिक तर्फ सिद्धबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर १ प्रदेश सभा (क) को प्रत्यक्षतार्फ ११ जनाको नाम सिफरिस गरिएको छ भने समानुपातिक तर्फ दुई जनाको नाम सिफरिस गरिएको छ ।

यस्तै प्रदेश सभा ख अन्तर्गत प्रत्यक्ष तर्फ ९ जनाको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।

नाम सिफारिसमा पनि कांग्रेस भित्रकाे गुटबन्दिले सिन्धुपाल्चाेक क्षेत्र नं १ बाट हेवि वेटका नेता समेत कतै अटाउन सकेनन । क्षेत्र नं १ मा संस्थापन पक्ष हावि हुँदा संस्थापनइतर भने असन्तुष्ट हुँदै आएकाे छ । यसले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पत्यक्ष असर पर्ने आँकलन गर्न थालिएकाे छ ।

कांग्रेसका पूर्व सभापति भुपेन्द्र बहादुर थापा, महिला संघ अध्यक्ष गीता नेपाल, नेविसंघ पूर्व महामन्त्री बल्देव तिमल्सीना, महाधिवेश प्रतिनिधि प्रेमध्वज लामा, नेता कृष्ण न्यौपानेको नाम सिफारिस गर्न भने क्षेत्रीय कार्यसमिति असमर्थ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!