चाैतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकले जिल्लाका २ जना क्रियाशील पत्रकारलाइ प्रदेश निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसले १ जनालाइ प्रत्यक्ष तर्फ र १ जनालाई समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको हो ।

पत्रकार विष्णु खड्कालाई काँग्रेसले प्रतिनिधि सभा २, प्रदेश ख को लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । खड्का नेपाल नेटवर्क टेलिभिजन ( NNTV)मा समाचार संयोजकको रुपमा कार्यरत छन् ।

त्यस्तै प्रतिनिधि सभा १ को प्रदेश ख मा पत्रकार चित्रकुमार मिजार समानुपातिक तर्फबाट उम्मेदवार सिफारिस भएका छन् । मिजार गोरखापत्र दैनिकका सिन्धुपाल्चोक सम्बाददाताको रुपमा कार्यरत छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!