चाैतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोककाे प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार छान्ने जिम्मा जिल्ला सभापति जंग बहादुर लामालाई दिइएकाे छ ।

जिल्ला कार्यसमितिकाे आज बसेकाे बैठकले क्षेत्र र प्रदेशसभाको उम्मेदवार छान्ने जिम्मा जिल्ला सभापति जंग बहादुर लामा लाई दिएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । नेपाली कांग्रेस सिन्धुपाल्चोकको बैठकले उम्मेद्वार छनौटको सम्पूर्ण अधिकार जिल्ला सभापती जंग बहादुर लामा लाई दिई बैठक समापन गरिएकाे प्रवक्ता भट्टराइले बताए ।

२ वटा क्षेत्र र ४ वटा प्रदेश रहेकाे सिन्धुपाल्चाेकमा क्षेत्र र प्रदेश बाट कांग्रेसले उम्मेदवार सिफारिस गरि जिल्ला लाई पठाईसकेकाे छ । यहि १८ गते सम्म जिल्लाले प्रदेश र संघ लाई उम्मेद्वार सिफारिस गरिसक्नुपर्ने छ ।

प्रतिनिधिसभाकाे उम्मेदवारका लागि कस कसकाे नाम सिफारिस भयाे जिल्लामा ?

क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सर्वसम्मत चयन भएका छन्। यस क्षेत्रबाट समानुपातिकतर्फ सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्य उम्मेदवारका लागि सिफारिस भएका छन्।

यता क्षेत्र नम्बर २ मा भने प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि ६ जनाको आवेदन परेको छ। सिन्धुपाल्चोक क्षेत्र २ कार्यसमितिले आवेदन दिएका ६ जनाको नाम जिल्ला, प्रदेश र केन्द्रमा सिफारिस गरेकाे छ । क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ आवेदन दिनेमा विष्णुविक्रम थापा, राजेन्द्र बहादुर गोर्खाली, वंशलाल तामाङ, शिव सुनार, बिलबहादुर तामाङ र अनुप न्यौपाने रहेका छन् । क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकाश लामा, सानुमाया हिमालय र जिमि लामाको नाम रहेको छ।

प्रदेशसभाकाे उम्मेदवारका लागि कस कसकाे नाम सिफारिस भयाे जिल्लामा ?

निर्वाचन क्षेत्र १ को प्रदेश ‘क’ मा प्रत्यक्षतर्फ ११ जनाकाे नाम सिफारिसमा परेको छ । नाम सिफारिसमा पर्नेहरुमा भोला बोहरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना खड्का भण्डारी, दोर्जे लामा, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत रहेका छन् । समानुपातिकतर्फ भने यस प्रदेशमा हरिशरण श्रेष्ठ र लिलाकुमारी नेपालको नाम सिफारिसमा परेको छ।

क्षेत्र १ को प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिसमा परेको छ। नाम सिफारिस पर्नेमा देवेन्द्र खड्का, राजेन्द्र कुमार श्रेष्ठ, जंगबहादुर लामा, केदार क्षेत्री, श्रवण जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ, शर्मिता घिमिरे खड्का रहेका छन् । यस प्रदेशमा समानुपातिकमा ९ जनाको नाम सिफारिस गरिएको छ। यसरी सिफारिसमा पर्नेहरुमा दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमाजाङ्बो शेर्पा, चित्र मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठ रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ को लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ। टंक कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भुपेन्द्र थापा र उद्धव बानियाँ काे नाम सिफारिस भएकाे हाे । समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ। केशव श्रेष्ठ, भरत खड्का, रिता दुलाल, अष्टमाया तामाङ, चमेली श्रेष्ठ, प्रेमकुमार दंगाल र कमलरत्न दनुवार काे नाम सिफारिस भएकाे हाे ।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ को लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । यस प्रदेशमा कृष्णकुमार तामाङ (समीर), पासाङ दोङ, विष्णु खड्का, मधुसूदन सिग्देल, सागर श्रेष्ठ र निमा लामा रहेका छन्। यस प्रदेशबाट समानुपातिकतर्फ बाट भने १६ जनाको नाम सिफारिस भएको छ। यसरी नाम सिफारिस भएकाहरुमा जितबहादुर थिङ, कुमार दुलाल, कर्म लामा, गणेश सिग्देल, गोपाल लामा, सिके चौलागाई, बद्रीप्रसाद चौलागाई, हरिकुमार शर्मा, छिरिङ लामा, जमुना मोक्तान, ज्यानबहादुर तामाङ, पेम्बा शेर्पा, राजकुमार लामिछाने, लक्ष्मी सुनार, सुशीला लामिछाने र नारायण गिरी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!