मेलम्ची । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेलम्ची नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएकाे छ । बैठकले अध्यक्षमा रामहरी कार्कि लाई चयन गरेकाे अनेरास्ववियु सिन्धुपाल्चोकका सह-सचिव नवीन पाण्डेले जानकारी दिए ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा मोर्चा विभाग प्रमुख कृष्णगोपाल तामाङको प्रमुख आतिथ्यतामा आज बसेकाे बिस्तारित बैठकले अध्यक्षमा रामहरी कार्कि लाई चयन गरेकाे हाे । त्यस्तै उपाध्यक्षमा संजिता चौलागाईं चयन भएकि छन ।

सचिवमा रुपक कार्की, सह-सचिव तारा तामाङ, सह-सचिव राजिव दुलाल, सह-सचिवमै अनिष गिरी, कोषाध्यक्ष विश्वराज घोरासैनी लगायत २१ सदस्यीय कमिटी चयन भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!