चाैतारा । आसन्न निर्वाचनमा सिन्धुपाल्चोककाे क्षेत्र नं २ प्रदेशसभा ‘क’ बाट एमालेका प्रत्यक्ष तर्फ ९ र समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस गरिएकाे छ । प्रत्यक्ष र समानुपातिक गरि १६ जनाकाे नाम सिफारिस भएकाे हाे ।

शनिबार बसेको बैठकले प्रदेशसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ काे ‘क’ बाट चुनाव लड्न डाल बहादुर सापकोटा, बिष्णु मणि आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवि दुलाल, शिव हरि सापकोटा, राजु नेपाल, खिल बहादुर गिरि र डबले लामाकाे नाम सिफारिस गरेको हो ।

सोही प्रदेशसभा क मा समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा चन्द्र थिङ, सुब्बा माझी, सरस्वती अधिकारी, राम बहादुर सुनार, मन कुमारी तामाङ, खिल बहादुर श्रेष्ठ र चन्द्र धिमालकोटि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!