
चाैतारा । आसन्न निर्वाचनमा सिन्धुपाल्चोककाे क्षेत्र नं २ प्रदेशसभा ‘ख’ बाट एमालेका प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरिएकाे छ ।
शनिबार बसेको बैठकले प्रदेशसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ काे ‘ख’ बाट चुनाव लड्न कृष्ण गोपाल तामाङ, अशोक चौलागाईं, मित्रलाल चौलागाई, चिरन तामाङ, सोमर बोम्जन र शिशिर वाइवाकाे नाम सिफारिस गरेको हो ।
सोही प्रदेशसभा ख मा समानुपातिकतर्फ भने ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा देवेन्द्र बहादुर खत्री, राधाकृष्ण श्रेष्ठ, सुनिता परियार, जिमि लामा, दुर्गा चालिसे, सुर्य मान तामाङ, फुर्पा हेल्मो र दिपक गहतराज रहेका छन् ।