नवलपुर । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लाई लक्षित गर्दै कांग्रेसले आयोजना गरेको जनताको साथमा कांग्रेस कार्यक्रम सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा ४ र वडा १० मा सम्पन्न भएको छ।

आज नवलपुरमा सिन्धु कांग्रेसका पुर्वसभापती विकास लामाको प्रमुख आतिथ्य र इन्द्रावती -४ का वडा सभापति एवम् वडाध्यक्ष क्षेत्र बहादुर तामाङ को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै पुर्वसभापती लामाले सबै एक ढिक्का भएर चुनावमा होमिनु पर्ने बताए। लामालाई जिल्ला कार्यसमिति ले इन्द्रावती -४ को लागि प्रतिनिधि खटाएको थियो। उक्त कार्यक्रममा महासमिति सदस्य राजु गोर्खाली वरिष्ठ नेता राजेन्द्रमान ताल्चाभडेल र पुर्व जिल्ला सचिब बिल बहादुर तामाङ लगायत नेताको उपस्थिति रहेको थियो।

यता इन्द्रावती १० को कार्यक्रम भने पुर्वमन्त्री विष्णु विक्रम थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।कार्यक्रममा कांग्रेस जिल्ला सदस्य तथा प्रवक्ता नवराज भट्टराई लगायत नेताहरूको उपस्थिती रहेको थियो।

पुर्वमन्त्री थापा क्षेत्र २ बाट प्रत्यक्ष तर्फ बाट प्रतिनिधि सभा सदस्य को लागि उम्मेदवार सिफारिस भएका छन भने लामा समानुपातिक तर्फ छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!