मेलम्ची । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनकालागि यतिबेला सवै राजनीतिक दलहरु उम्मेदवार छनौटमा केन्द्रीत छन । सिन्धुपाल्चाेक जिल्ला बाट पनि उम्मेद्वार छनाेटकाे कार्य भइरहेका छन ।

उम्मेद्वार सिफारिस हुनेमा व्यापारी, निर्माण ब्यवसायी देखि सामाजिक अभियान्ता सम्म छन । यसैबिचमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २, प्रदेश सभा ख बाट सामाजिक अभियान्ता सागरकुमार श्रेष्ठलाई प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरिएकाे छ ।

समाजसेवा र राजनीतिमा बिगत ३२, बर्ष देखि अनवरत कृयाशिल सामाजिक अभियन्ता र युवा नेताको रुपमा परिचय बनाएका श्रेष्ठकाे उम्मेदवारी सिफारिसले युवाहरूलाई उत्साहित बनाएकाे छ ।

गत असारमा मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा आएको अकल्पनीय प्राकृतिक बिपत्तिपछि यसको संरक्षण, पुन:स्थापना र पुन:निर्माणमा सामाजिक अभियन्ताका रुपमा नेतृत्वदायी भुमीका समेत श्रेष्ठले निर्वाह गरे । आत्मर्निभर र भ्रष्टाचार रहित समाजकालागि प्रत्येक राजनीतिकर्मी कुनै न कुनै उद्यमसंग आबद्ध हुनुपर्ने उनकाे धारणा छ । एक उद्यमीका रुपमा मेलम्ची बजारमा आफ्नो छुट्टै पहिचान राखेका श्रेष्ठ पर्यटन क्षेत्रको बिकास र प्रबर्द्धनका लागि होटेल ब्यबसायमा संलग्न छन् । गत असारमा आएको बाढिले डुबानमा परेको करिब १५, करोड लगानीमा बनेको सुबिधासम्पन्न होटेल मेलम्ची क्याफे इनको एकल लगानीकर्ता हुन ।

राजनीति बिशुद्ध रास्ट्र, समाज र जनताप्रति समर्पित समाजसेवा भएकाले यो पेशा नभएको श्रेष्ठ बताउछन । राजनीतिलाई सामाजिक सेवाको रुपमा चित्रण गर्दै भुकम्प, कोरोना माहामारी, आगलागी र बाढिपहिरो जस्तो प्राकृतिक बिपत्ति र जनताको दुःखमा राहत, पुर्नस्थापना र पुर्ननिर्णमा सदैब क्रियाशिल रहदै नेतृत्व दायी भुमिका निर्बाह गर्दै आएको समेत उनले बताएका छन् ।

श्रेष्ठकाे राजनीतिक पृष्ठभुमि :
मेलम्ची नगरपालिका वडा नम्बर ११ सिन्धुपाल्चोकका स्थायी बासिन्दा श्रेष्ठको राजनीतिक यात्रा २०४६ सालको राजनीतिक परिबर्तनपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भै सुरु भएको हो । नेपाली कांग्रेस पार्टीको ११ औं माहाधिबेशनदेखि लगातार माहासमिति सदस्य र केन्द्रिय माहाधिबेशन प्रतिनिधि निर्बाचित भएर राजनीतिक यात्रालाई निरन्तरता दिँदै आएका श्रेष्ठ हाल केन्द्रिय माहाधिबेशन प्रतिनिधि छन ।

कांग्रेसको सुचना संचार तथा प्रचार बिभाग केन्द्रिय सदस्य २०७८, जिल्ला सम्पर्क समन्वय परिचालन उप समिति केन्द्रिय सदस्य २०७९, कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्यका रुपमा १ दशक कुशलता पुर्बक जिम्मेवारी निर्बाह गरिसकेका उनी नेपाल विद्यार्थी संघको क्षेत्रीय अधिबेशन संयोजक, नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला सदस्य, विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला कोषाध्यक्ष हुदै जिल्ला सचिबसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!