चाैतारा । चाेरी मुद्वाका फरार अपराधी १४ बर्षपछी पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक जिल्लाकाे मेलम्ची नगरपालिका वडा नं. ८ बस्ने वर्ष ६५ को मान बहादुर गिरी लाई फरार रहेको १४ वर्ष पछि ईलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेकाे हाे ।

सिन्धुपाल्चोक जिल्ला अदालतबाट २०६५ फागुन ५ गतेको फैसलाले चाेरी मुद्दामा १ महिना १५ दिन कैद र रु ४७,२५०।– जरिवाना सजाँय भई फरार रहेका गिरीलाइ पक्राउ गरि आजै सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

जिल्ला अदालतले निजलाई लागेको कैद जरिवाना सजाँय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरिएको बुढाथाेकीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!