
नवलपुर । इन्द्रावती गाउँपालिकाले पाँच बर्षकाे याेजना बैङ्ककाे खाका तयार पारेकाे छ ।
पहिलाे उद्देश्य उत्पादनमुलक काममा जाेड, इन्द्रावतीका मुख्यमख्य सडक पाँच बर्षमा पिच गर्ने लक्ष्य, धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रहरूलाई संरक्षित गरेर पर्यटक आकर्षित गर्ने, शैक्षिक गुणस्तर अभिबृद्वि गर्ने लगायतका कुराहरू याेजना बैङ्कमा समावेश गरिएकाे गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिए ।
‘नागरिकका अपेक्षा धेरै छन । चाँडाे बिकास गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ । पहिलाकाे नेतृत्व भन्दा अहिले के फरक छ नागरिकले हेरिरहेका छन’, सिन्धुप्रेस संग आचार्यले भने ।
‘याेजना बैङ्क भित्र पुर्वाधार बिकासमा के गर्ने भन्ने याेजना छ । त्यस अन्तर्गत सबै राेड हिउँद वर्षा चल्ने बनाउने लक्ष्य लिएका छाैँ’, उनले भने । नागरिकलाई उत्पादन मुलक काममा लाग्न प्राेत्साहन गर्ने, धार्मिक साँस्कृतिक महत्वका क्षेत्रहरू संरक्षित गरेर पर्यटक आकर्षित गर्ने, हाेम स्टे सञ्चालन गर्ने र पर्यटक बढाउने जस्ता याेजना हरू पाँच बर्षकाे याेजना बैङ्कमा समावेश गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिकाकाे शैक्षिक अवस्था दयनिय भएकाे प्रवक्ता आचार्यले जानकारी दिए । यसकाे सुधारकाे लागि विशेष महत्व दिने उनले बताए । स्वास्थ्य संस्थालाई सुधार गर्ने, नवलपुर अस्पतालमा आएका बिरामीलाई अन्त जान नपर्ने गरि काम गर्ने प्रतिवद्वता समेत उनले ब्यक्त गरे । बिकास आयाेजनामा हुने हिनामिना अन्त्य गर्ने लक्ष्य समेत याेजना बैङ्कमा समावेश गरिएकाे छ ।
के छन इन्द्रावती ५ मा उनका प्राथमिकता ?
इन्द्रावती गाउँपालिका ५ का वडा अध्यक्ष समेत रहेका आचार्यले यस वडा केन्द्र भागमा रहेकाले यश क्षेत्रलाई धेरैले महत्वका साथ हेरेकाे बताए । वडाले पनि जनभावना अनुरूप काम गर्दै जाने उनले बताए ।
वडामा भएका धार्मिक महत्वका स्थानलाई प्रवर्द्वन गर्ने, मुख्य सडकलाई क्रमस स्तराेन्नती गर्दै लैजाने, कृषिलाई प्राथमिकता दिएर टनेल लगायतका सामाग्रीहरू सहयाेग गर्ने उनले बताए । आलु उत्पादन गर्ने किसानलाई आलु सुरक्षित गर्नकाे लागि सितभण्डार सम्म लैजान एकतर्फी भाडा वडाले ब्यबस्था गर्ने आचार्यले जानकारी दिए ।
खानेपानी लाई सुरक्षित गर्ने, नागरिकका न्युनतम अपेक्षा पूरा गर्ने, सार्वजनिक चाैताराहरू बनाउने जस्ता कुराहरू प्राथमिकताका साथ अघि बढाउने उनले जानकारी दिए । जनप्रतिनिधि कहिँ कतै नराम्राे बाटाेमा लागे सबैले खबरदारी गर्नुपर्ने उनले बताए । ‘चुनावकाे बेला ब्यक्त गरेकाे प्रतिवद्वता नै बिकास रूपान्तरण र सत्कर्मकाे थियाे र साेहि बाटाेमा लाग्ने प्रतिवद्वता ब्यक्त गर्दछाैँ’, उनले थपे ।