मेलम्ची । ईलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको मोटरसाईकल फेलापारी सम्बन्धित धनिलाई बुझाएको छ ।

यहि भदौ २० गते राती पाँचपोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका हरिशरण थापाले आफ्नो घर अगाडी पार्किङ गरि राखेको स्थानबाट हराएको बागमती प्रदेश ०२-०१९ प ९६६८ नं. को २२० सिसिको मोटरसाइकल फेला पारी सवारी धनी थापालाई बुझाइएको प्रहरीले जनाएको छ ।

मेलम्ची नगरपालिका १० शिखरपुरको सडक छेउमा लुकाई छिपाई राखेको अवस्थामा अस्थाई प्रहरी पोष्ट बाहुनी पाटी र इलाका प्रहरी कार्यलय मेलम्चीको संयुक्त गस्ति टोलीले फेला पारेको इलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!