मेलम्ची । महिला आत्मनिर्भरता केन्द्र (मांक) मेलम्चीद्वारा सञ्चालित आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ भएको छ ।

स्थानीय तहहरूसँग समन्वय गर्दै स्थानीय तहकै सहयोगमा गृह सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले त्यति महत्व नदिँदा समस्या भएको संस्थाले जनाएको छ ।

संस्थाले सञ्चालन गरेको आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ रहेको कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले बताए । विसं २०४७ मा महिलाहरूको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिला हिंसा, अन्यायवरुद्ध लड्ने र मानवअधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाको पहुँच पु¥याउने उद्देश्यले संस्था स्थापना गरिएको संस्थाकी पूर्वअध्यक्ष भगवती नेपालले जानकारी दिइन ।

संस्थामा कुल एक सय ५७ सदस्य र १० सहयोगी पुरुष सदस्य रहेका व्यस्थापक गुरुङले बताए।

महिला नेतृत्वको विकास गर्दे आफ्नो लक्ष्यअनुरुप स्थानीय, प्रदेश र राष्ट्रियस्तरको नीति–निर्माण तहसम्म सहभागिता र महिलाहरूको पहुँच विस्तार गर्दै आएको संस्थाले मेलम्ची, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिकालाई लक्षित गरी आपत्कालीन पुनःस्थापना गृहसमेत सञ्चालनमा ल्याएको छ । गृहमा ३१ जना हिंसा, दुव्र्यवहार र बेवास्तामा परेका महिला तथा बालबालिकालाई संरक्षण दिइएको संस्थाका अध्यक्ष सञ्चमाया स्याङबोले जानकारी दिइन ।

महिला तथा बालबालिकामाथि हुने भेदभाव, हिंसा, दुव्र्यवहार, मानव बेचविखन÷ओसारपसार र शोषणविरुद्ध सचेतना, सशक्तीकरण र अनुसन्धान तथा वकालत गर्ने, महिला र बालबालिकाको अधिकार स्थापना तथा रक्षाका लागि अनुसन्धान र वकालत गर्ने, नीति निर्माण तह, शिक्षा र स्वास्थ्यका क्षेत्रमा महिला तथा बालबालिकाको पहुँच वृद्धि गर्नमा संस्थाले विशेष ध्यान दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!