
नवलपुर । इन्द्रावती गाउँपालिकामा ‘घरघरमा झण्डा, स्वास्थ्य संस्थामा अण्डा’ कार्यक्रम सुभारम्भ भएकाे छ । सुनाैलाे १००० दिने आमाहरूलाई अण्डा बितरण गरेर कार्यक्रमकाे सुरूवात गरिएकाे हाे ।
आज नवलपुर प्राथमिक अस्पतालमा सुत्केरी आमाहरूलाई अण्डा प्रदान गरि साे कार्यक्रमकाे सुभारम्भ गरिएकाे हाे । गाउँपालिकाका उपाध्यक्ष साेभना तामाङले साे कार्यक्रमकाे सुभारम्भ गरेकि हुन ।
गाउँपालिका भित्र काेहि पनि कुपाेषणकाे सिकारमा नपरून भनेर साे कार्यक्रमकाे सुरूवात गरेकाे अस्पतालका डाक्टर धर्मेन्द्र पाण्डेयले जानकारी दिए । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराइएकाे उनले बताए ।
प्रसुती हुनेहरूकाे घरमा राताे झण्डा राखिने र सुत्केरी भईसकेपछि निलाे झण्डा राखिने छ । सुनाैलाे १००० दिनकाे समयसम्म साे झण्डा गाडिने बताईएकाे छ ।
गाउँपालिकाकाे आम समृद्वि प्राप्त गर्न स्वास्थ्य क्षेत्रकाे समृद्वि आवस्यक रहेकाले स्वास्थ्यका बिशेष कार्यक्रमहरू लागू गर्न लागिएकाे गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले जानकारी दिए । एउटा आमा स्वस्थ छ भने मात्र समाज र भावि सन्तती स्वस्थ हुने उनले बताए । स्वस्थ ब्यक्तिले हरेक क्षेत्रकाे नेतृत्व गर्न सक्ने उनले बताए ।
बुधवार अध्यक्ष नेपालले सुनाैलाे १००० दिने आमालाई पाेषण थाली समेत प्रदान गरेका थिए । साे पाेषण थाली दिएर स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पाेषण कार्यक्रम सुरूवात गरेका हुन । थालीमा पाेषिलाे खानेकुराहरू अण्डा, दाल, गेडागुडी, फलफुल, आयाेडिनयुक्त नुन, हरियाे सागपात लगायत थिए ।