मेलम्ची । समाजसेवी सिद्वि नारायण श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलाई मेलम्चीमा तत्काल पुल राख्नकाे लागि सुझाव दिएका छन ।

सिन्धुपाल्चाेक क्षेत्र नं २ काे मुख्य ब्यापारिक केन्द्र रहेकाे मेलम्चीमा पुल नहुँदा नागरिकलाई सास्ती हुँदै आएकाे छ । मेलम्ची नगर उद्याेग वाणिज्य संघकाे प्रथम साधारण सभा मेलम्चीमा मन्तब्य राख्दै श्रेष्ठले भने, ‘मेलम्चीमा पुल हाल्दिनाेस बालेन भन्दा कम प्रशंसा पाउनुहुन्न, तपाईं हाई हाइ हुनुहुन्छ’ ।

‘चाडवाड नजिकियाे ह्युम पाइप वा पुल तत्काल चाहियाे’, उनले भने, ‘काठमाण्डाैमा फाेहाेरमैलाकाे समस्या जस्तै यहाँ पुलकाे समस्या छ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!