
मेलम्ची । माैसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताएका छन । दशै अघि नै यातायात सञ्चालनकाे लागि ह्युम पाइप राख्ने याेजना रहेकाे उनले बताए ।
स्थाइ रूपमा यातायात सञ्चालनकाे लागि मेलम्ची खाेलामा बेलिबृज राख्ने समेत उनले बताए । बेलिबृज राख्न मेलम्ची नगरपालिकाकाे बजेटले मात्र नपुग्ने भएकाले थप रकमकाे लागी मन्त्रालयमा कुरा गर्ने समेत उनले जानकारी दिए ।
‘सम्भव भएसम्म याे बर्षनै बेलिबृज राख्ने प्रयासमा छाैँ’, मेलम्ची नगर उद्याेग वाणिज्य संघकाे प्रथम साधारण सभा लाई सम्वाेधन गर्दै उनकाे भने ‘मेलम्ची ब्यापारिक केन्द्र भएकाले पनि यातायात सहज बनाउन बेलिबृज आवस्यक रहेकाे छ’ ।
मेलम्चीमा साना उद्यमिहरूलाई मर्का परेकाले माथी उकास्नकाे लागि नगरपालिकाले सहयाेग गर्ने उनले बताए । ‘उद्याेग वाणिज्य संघ र नगरपालिका बिच ३,३ महिनामा छलफल गरेर ब्यापारिहरूकाे हक हितकाे लागि काम गर्नेछाैँ’, उनले थपे ।