मेलम्ची । मेलम्ची नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभा सुक्रवार मेलम्चीमा सम्पन्न भएको छ ।

मेलम्ची नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभा बाट २ बर्षे कार्यकालको लागी पुष्कर प्रसाद धितालको अध्यक्षतामा ३१ सदस्य कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुबास बानियाँ चयन भएका छन ।

वाणिज्य तर्फको उपाध्यक्ष जनकलाल श्रेष्ठ, उद्योग तर्फ उपाध्यक्ष कालीमाया वाइवा, वस्तुगत तर्फ उपाध्यक्ष रामचन्द्र श्रेष्ठ चयन भएका छन । समितिको महासचिव तारा बानियाँ, सचिब एकलाल श्रेष्ठ, उपसचिब चन्दा श्रेष्ठ, कोषाध्यक्ष प्रतिमा धिताल चयन हुनुभएको महासचिव तारा बानियाँले जानकारी दिए ।

साथै ३ सदस्य सल्लाहकार समिति पनि आज गठन गरेको छ । संयोजकमा बिजय कृष्ण श्रेष्ठ, सदस्यहरुमा रुद्र प्र दुलाल र प्रेम नारायण लामिछाने चयन भएकाे संघका कानुनी सल्लाहकार बिष्णु प्रसाद धितालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!