मेलम्ची । मोडल तथा गीतकार सिन्धुपाल्चाेककी चेली इन्दु दनुवार र युवराज खत्रीको नयाँ म्युजिक भिडियो आइ लभ यू सार्वजनिक गरिएको छ।

कोकिल स्वरका धनी गायिका मेलिना राई र बिजय रम्तेलको सुमधुर आवाजमा सजिएको प्रेम कथामा आधारित गित आइ लभ यू युट्युब बजारमा सार्बजनिक भएको हो । रमन निरौलाको शब्द रहेको गीतमा बिकाश चौधरीले संगित भरेका छन ।

यस अघि पनि बिभिन्न गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेका मेलम्ची नगरपालिका ११ का इन्दू दनुवारको आफ्नै शब्द संगितमा पनि आधा दर्जन भन्दा बढी गीतहरु बजारमा उपलब्ध छन् । केही तिजको गीतहरु लेख्नुका साथै गाएकाे दनुवारको जाग युवा हो बोलको स्वदेश गाण पनि रचना गरेकि छन । उक्त गीत प्रताप दाशको आवाजमा सुन्न सकिन्छ ।

हालै बजारमा आएको आइ लभ यू बोलको गीतको भिडियोमा इन्दु दनुवार र युवराज खत्रीलाई देख्न सकिन्छ । कृष्ण पौडेलको निर्देशनमा बनेको गीतको भिडियो सुजन श्रेष्ठले खिचेका हुन भने, सुरेश काफ्लेले ड्रोन चलाएका थिए । एक्सन फिल्मको पोष्ट प्रोडक्सनमा बनेको भिडियो तारा सितारा प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।

मोडल तथा गीतकार इन्दु दनुवारको आइ लभ यू गित हेर्न यहाँ क्लिक गर्नुहाेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!