चाैतारा । सिन्धुपाल्चोकमा कार दुर्घटना हुंदा ४ जना घाईते भएका छन् । आज बिहान चौतारा साँगाचोकगढी ११ को पोखरेमा कार दुर्घटना भएको हो ।

चौतारा बन्देउ सडकखण्डमा काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नम्बरको सुजुकि कार अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटना हुँदा कारमा सवार जिल्ला ईन्द्रावति गाँउपालीका २ का ४२ बर्षिय बसन्त गिरि, ईन्द्रावतीकै ३१ बर्षिय प्रतिमा गिरी, कार चालक जिल्ला दोलखा भिमेश्वर नगरपालीका २ का २८ बर्षिय सोनाम तामाङ, भिमेश्वर २ कै राजेश तामाङ धाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचाना अधिकारी शिव बुढाथोकीले जानकारी दिए ।

घाईतेमध्ये चालक सोनाम तामाङ र राजेश तामाङको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!