
नवलपुर । एउटै उद्देश्य भएका सहकारीलाई मर्जरमा लैजाने दृष्टिकाेण गाउँपालिकाले लिएकाे इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले बताएका छन ।
‘एउटै उद्देश्य भएका धेरै सहकारी वडामा छन भने त्याे मर्ज हुनपर्छ । सहकारीलाई मर्जरमा लैजाने दृष्टिकाेण गाउँपालिकाले लिएकाे छ’, श्री मध्य सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १३ औँ स्थापना दिवस तथा १४ औँ साधारण सभालाई सम्बाेधन गर्दै नेपालले भने ।
हाल इन्द्रावती गाउँपालिका भित्र ७४ वटा सहकारी दर्ता भएकाे नेपालले बताए । तर एक दर्जन पनि कृयासिल नभएकाे उनले जानकारी दिए । ‘९ वटा सहकारी मात्र इन्द्रावतीमा कृयासिल छन । सहकारी दर्ताकाे औचित्य के हाे । दर्ता मात्र गरेर भएन जनतालाई सेवा गर्ने सहकारी हुनपर्याे’, अध्यक्ष नेपालले भने ।
सरकारकाे ३ खम्बे अर्थनिति अन्तर्गत सहकारी पनि एक हाे । सहकारीले देश बिकासमा पनि महत्वपुर्ण भुमिका खेल्ने नेपालकाे भनाई छ । ‘सरकारले गाउँगाउँमा सहकारी, घरघरमा राेजगारी भन्ने नारा समेत ल्याएकाे थियाे’, नेपालले स्मरण गराए ।