मेलम्ची । भदौरे धुसिनि मेलम्ची नवलपुर चौतारा नौबिसे सडक खण्डको शिलान्यास गरीएको छ । शनिबार पुर्व मन्त्री एवम सांसद शेर बहादुर तामाङले सडकको शिलान्यास गर्दै सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को रणनीतिक सडकको रुपमा रहेको उल्लेख गरे।

यो सडक खण्ड २० करोड लगानीमा बन्न लागेको हो । सडक खण्ड भदौरे– सिन्धु (धुसेनी–कटुन्जे– मेलम्ची– नवलपुर– चौतारा– नौबिसेसम्म कालोपत्रे हुनेछ ।

कमल जित गणेश एण्ड गङ्गा आर ए जे भिले ठेक्का पाएको यो सडक असफाल्ट र डिबिएम प्रविधिको कालोपत्रे हुनेछन्। कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधान निवर्तमान मेयर डम्बर अर्याल, विभिन्न वडाका वडाध्यक्ष विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!