चाैतारा । प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको अध्यक्षमा जित बहादुर बस्नेत चयन भएका छन ।

नेकपा एकीकृत समाजवादि निकट प्रगतिशील रास्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चाेककाे आज सम्पन्न भेलाले उपाध्यक्षमा लाक्पा शेर्पा र सचिवमा गाेबिन्द नेपाललाई चयन गरेकाे छ । काेषाध्यक्षमा टीका पराजुली, सह सचिव बलराम चाैलागाई लगायत २१ सदस्यीय जिल्ला कमिटी निर्माण भएकाे छ ।

यसैबिच आजनै पेशागत महासङ्घ सिन्धुपाल्चाेक जिल्ला कमिटी समेत निर्माण भएको छ । प्रदीप खनाल संयोजक रहने गरि १३ सदस्यीय कमिटी निर्माण भएकाे नेकपा एकीकृत समाजवादि सिन्धुपाल्चाेकका सचिव बिनाेद खनालले जानकारी दिए ।

भेलामा नेकपा एकीकृत समाजवादिका केन्द्रिय सदस्यहरू भगवती नेपाल् , गम्भिरलाल श्रेष्ठ, इन्द्रमाया गुरुङ, पेशागत सङ्गठनका नेताहरु एवम् शिक्षक सङ्गठनका नेताहरूको उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!