मेलम्ची । विद्यार्थी आन्दोलनको उपलब्धी स्वरुप राज्यद्वारा प्रदान गर्दै आएको सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको व्यवस्था गर्न अनेरास्ववियु मेलम्ची नगरकमिटिले ध्यानाकर्षण गराएकाे छ ।

सरकारद्वारा सार्वजनिक यातायातमा छुट दिने ब्यबस्था गरिएपनि मेलम्ची नगरपालिका अन्तर्गत भएर चल्ने हेलम्बु, सिन्धु हेलम्बु र आमा याङ्ग्री यातायात सेवा समितिका बसहरुले त्यसलाई कार्यान्वयन नगरेको भन्दै अनेरास्ववियु मेलम्ची नगर कमिटीले आज समितीको ध्यानाकर्षण गराएको हाे ।

मेलम्ची स्थित रहेको सम्बन्धित यातायातको काउण्टर मार्फत समितिलाई ध्यानाकर्षण गराउनुका साथै समन्वय तथा सहजीकरणको निमित्त इलाका प्रहरी कार्यालय मेलम्चीमा समेत ध्यानाकषर्ण गराएको अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी सह–सचीव नवीन पाण्डले जानकारी दिए ।

कार्यक्रममा अनेरास्ववियु मेलम्चीको इन्चार्ज सन्तोष बस्नेत, मेलम्ची नगर कमिटिका पदाधिकारी सहित सदस्यहरुको उपस्थिती रहेको कमिटी अध्यक्ष रामहरी कार्किले जानकारी दिए । आफुहरुको माग पुरा गर्न ७ दिनेको अल्टिमेटम दिएको र यातायात व्यवसायी हरुद्वारा बेवास्ता गरेमा अनेरास्ववियुले थप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने पाण्डेले चेतावनी दिए ।

विद्यार्थीहरुको संघर्षपुर्ण आन्दोलन बाट प्राप्त अधिकारबाट कुनैपनी हालतमा विद्यार्थीहरु बन्चित हुन नदिन अनेरास्ववियु मेलम्ची र अनेरास्ववियु सिन्धुपाल्चोक सदैव प्रतिबद्ध रहेको अनेरास्ववियु सिन्धुपाल्चाेकले बतायाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!